Notices

image description

परीक्षाफल प्रकाशन बारे

अादरणीय अभिभावक ज्यू,

परीक्षाफल प्रकाशन बारे ।
२०७८ पाैष १४ गतेदेखि शुरू भएकाे  दाेश्राे त्रैमासीक परीक्षाकाे परीक्षाफल विशेष कारणवश ढिला भएकाे  जानकारी गराइन्छ । अहिलेकाे परिस्थितिलाइ मध्यनजर गर्दा सबै कक्षाहरूकाे परीक्षाफल एकैदिन वितरण गर्न असहज हुने भएकाेले कक्षा २, ३ र ४ काे  माघ १९ गते बुधवार, भइसकेकाे  कक्षा ५, ६ र ७ काे माघ २० गते बिहिबार अाज हुने र  नर्सरी देखि कक्षा १ र कक्षा ८, ९ र कक्षा १० काे माघ २१ गते शुक्रबार भाेली  हुनेकुराकाे जानकारी गराइन्छ । अाफ्ना नानीबाबुहरूकाे  परीक्षाफल लिन कक्षा अनुरूपकाे मितिमा बिहान १०ः३० देखि मध्यान्ह  २ बजेसम्म  बिद्यालयमा सम्पर्क गर्नुहुन अनुराेध गरिन्छ ।

बिल बारे ।
सम्पूर्ण विद्यार्थीहरूकाे  माघ महिनासम्मकाे बिल पठाइसकिएकाे छ । कृपया परीक्षाफल लिन अाउदा अा अाफ्ना नानीबाबुहरूकाे माघ सम्मकाे बिल भुक्तानी गरिदिनुहुन अनुराेध गरिन्छ ।

Contact Info

Vidhya Vikash Secondary Boarding School Jagati, 7 Bhaktapur +977-1-6617801 | +97716610395 info@vvs.edu.np

Social Links